मैले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेन्डा छाडेको छैन : सुमना श्रेष्ठ

काठमाडौं । पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेपनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् ।

आइतबार विहान समाजिक सञ्जाल फेसबुकमार्फत आफूले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरेलगत्तै दिउँसो फेरी फेसबुक लाइभमा आएर यस्तो बताएकी हुन् । आफ्ना शुभचिन्तकहरुले आफूलाई दिएको साथ सहयोगका लागि धन्यवाद दिंदै उनले भनिन,‘मलाई धेरै जनाले आज किन पार्टी छाडेको ? यस्तो गर्नु हुँदैन थियो भनिरहेका छन् । मैंले आजसम्म उक्त पार्टी भित्र रहेर जति काम गर्न सकेँ त्यो तपाईहरु सबैको साथले भएको हो । मैंले पार्टी छाडेको हुँ तर, पार्टीभित्र मैंले जुन एजेन्डा बोकेर गएकी थिएँ, त्यो एजेन्डा त कहिल्यै छाडेको छैन् ।’

परिवर्तनको एजेन्डा बोकेका जेनजी युवापुस्तालाई सबैले साथ दिनुपर्ने उनको जोड छ । यतिबेला जेनजी पुस्तालाई बदनाम गर्नेहरु अग्रसर भएको बताउँदै उनले त्यस्तो नगर्न र उनीहरुलाई सबैले साथ दिनुपर्ने बताएकी छन् । आफुले पार्टी भित्र गर्न नसकेको काम अब, बाहिर आएर गर्न लागेको उनको दाबी छ । आफूले मन्त्री पद्मा जानका लागि पार्टी छाडेको नभइ जेनजी पुस्ताका भाइबहीनीलाई साथ दिनका लागि पार्टी छाडेको दाबी उनले गरेकी छन् । भिडियोको अन्त्यमा भावुक हुँदै उनले भनेकी छन,‘हामी सबैले चाहेको परिवर्तन हो । कुनै पार्टीभित्र बसेर जेनजीको क्रान्तीलाई बिथोल्न हुँदैन् । कुनै दल नसोच्नुस यतिबेला सबैले नेपाल बनाउन लाग्नुस ।’

 

प्रतिक्रिया