भारतीय प्रधानमन्त्री मोदीले तीन भाषामा दिए नवनियुक्त प्रधानमन्त्री कार्कीलार्ई बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलार्ई बधाई तथा शुभकामना दिएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री मोदीले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ दिएका हुन् । 

उनले तीन भाषा नेपाली, हिन्दी र अंग्रेजीमा वधाई र शुभकामना लेखेका छन् ।  उनको शुभकामनामा लेखिएको छ्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’

मोदीले नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताए।  MODI ji

 

 

 

 

 

 

 

 

 

 


(फायल तस्बिर)

 

 

 


  
 

प्रतिक्रिया