काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । कार्की आजै साँझ प्रधानमन्त्री नियुक्त भएकी हुन् ।
कार्कीले राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।
शपथ ग्रहण समारोहमा भारत, चीन र अमेरिका लगायत काठमााडौंमा रहेका कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले सानो संख्यामा मन्त्रीपरिषद सदस्यहरु नियुक्त गर्ने छिन् । त्यसपछि मन्त्रीपरिषदको बैठकले प्रतिनिधिसभाको विगठनको सिफारिस गर्ने र आगामी छ महिनाभित्र आमनिर्वाचन गराउने मिति समेत राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछिन् ।
प्रधानमन्त्री नियुक्त हुनुअघि आन्दोलनकारी जेन जी समूह समेतसँगको यही सहमति अनुसार सरकारले कार्य गर्दै जानुपर्ने छ । (तस्बिर साभार गोरखापत्र)
प्रतिक्रिया