काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल वर्तमान राजनीतिक संकटलाई निकास दिन सक्रिय रहेको जानकारी प्राप्त भएको छ । पौडेलले आज प्रेस विज्ञप्ति जारी गरि यो जानकारी दिएका हुन् ।
आफू संवैधानिक दायरामा रहेर निकास दिनका लागि प्रयासरत रहेको बताउँदै राष्ट्रपति पौडेलले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ भनेर वक्तव्यमा उल्लेख गरेका छन् ।
(फायल तस्बिर- रेडियो नेपाल)
प्रतिक्रिया