आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर विश्वभर मनाइँदै छ । ‘मानव बेचबिखन संगठित अपराध हो – शोषण अन्त्य गर’ भन्ने नाराका साथ यसबर्ष अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदै छ ।

सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठकबाट जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा मनाउने निर्णय भएको थियो । मानव बेचबिखन एक जघन्य अपराध हो जसबाट संसारका हरेक देश प्रभावित बनेका छन् । नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ ।
 

प्रतिक्रिया