जानकपुर । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक गएराति धारिलो हतियार प्रहारबाट एक किशोरीको हत्या भएको छ ।
घटनामा अन्य दुई जना घाइते भएका छन् । हतियार प्रहारबाट १४ वर्षीया अञ्चली यादवको ज्यान गएको हो । उनी ३६ वर्षीया आशा यादवकी छोरी हुन् । घटनामा आशा यादव पनि घाइते भएकी हुन् । त्यस्तै उनको भतिजी राधा यादव पनि घाइते भएकी छन् । घाइते दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना राति करिब ११ बजेतिर भएको हो । अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले घटनाको अनुसन्धान तीव्र पारिएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया