आगलागीबाट ध्वस्त भएकोे बाम्का बजार पुनर्निर्माण गरियो

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आगलागीबाट ध्वस्त भएका संरचनाहरुको निर्माण प्रकृया पूरा भएको छ ।

२०८२ साल जेठ २३ गते दिउँसो उक्त बजार क्षेत्रमा आगलागी भएको थियो । नवदुर्गा होटलमा सिलिण्डर विस्फोट भएपछि फैलिएको आगोले करिब एक दर्जनभन्दा बढी पसलहरू पूर्णरूपमा नष्ट भएका हुन  । केही पसल आंशिक रूपमा जलेर क्षतिग्रस्त भएका थिए । भीषण आगलागीबाट खरानी बनेको बुढीगंगा नगरपालिका ६ स्थित बाम्का सरकारी तथा गैरसरकारी निकाय तथा विभिन्न व्यक्तिहरुको सहयोगपछि पुनर्निर्माण भएर पूरानै स्वरुपमा देखिएको छ ।

सुरुमा पुुन:निर्माण कसरी गर्ने भन्ने चिन्ताले पिरोलिएका पीडितहरु राहत पाएपछि खुसी भएपनि अब फेरी कसरी सामान जुटाउने भन्ने चिन्तामा छन् ।आगलागी पीडित व्यावसायीहरुले जेनतेन गरेर टिनका टहरा उठाए पनि टहरा खाली छन् । घर जग्गा र सम्पत्ति नै धितो राखेर बनाएका पसल र सुरु गरेको व्यापार व्यवसाय खरानी भएपछि आफ्नो प्राण बाहेक उनीहरू खाली बनेका थिए । 

२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त आगलागीबाट करिब एक दर्जन बढी पसलहरु पूर्ण रुपमा जलेर नष्ट भएका थिए भने केहीमा आंशिक क्षति भएका थियो । ती सबै अहिले बजारको पुरानै संरचनाको स्वरुपमा देखिएका छन् । बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले बुढीगंगा र त्रिवेणी नगरपनलिकाले बाम्का बजार पुनर्निर्माण तथा व्यवस्थापन समिति बनाएर विभिन्न निकाय तथा सहयोगीदाताहरुबाट प्राप्त राहतबाट बजार पुनर्निर्माण भएको बताएका छन् ।

उनले आगलागीबाट पीडितहरुलाई विभिन्न चरणमा नगद सहित राहत सामग्री वितरण गरेर उनीहरु आफैँले पुनर्निर्माण गरेको बताए । आगलागीबाट पूर्ण क्षति भएका १३ र आंशिक ९ वटा गरी २२ वटा पसल पुननिर्माण गरिएको नगर प्रमुख बानियाँले बताएका छन् ।
 

प्रतिक्रिया