प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै छन् । 

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
 

प्रतिक्रिया