आज साउनको पहिलो सोमबार, भगवान शिवको पूजा आराधना गरिने

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार अथार्त भगवान शिवको विशेष दिन रहेको छ ।

साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । आजको दिन श्रद्धालु भक्तजनहरु व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने परम्परा रहेको छ । साउनको सोमबार उपवास गर्दा मानिसको इच्छा, आकंक्षा पूरा गर्ने जन विश्वास रहिआएको छ । शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ । 
 

प्रतिक्रिया