काठमाडौं । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ तर कार्यसूचिमा विद्यालय शिक्षा विधेयक राखिएको छैन ।
विद्यालय शिक्षा विधेयक संसदमा लाने बारेमा भैरहेको अलमललाई लिएर सरकार र नेपाल शिक्षक महासंघबीचको सम्बन्ध तनावमा परेका बेला संसदीय समितिको कार्यसूचिमा पर्न छोडेको छ । समिति सभापतिले पाँच दिनको अल्टिमेटम दिएपछि विधेयक छलफलमा आउन सकेको छैन ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयक ल्याउन अलमल गरेर टार्न खोजेमा निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले दृश्य टिभीसँगको सम्वादमा जस्तोसुकै प्रतिकूलता आईपरे पनि शिक्षकहरु आफ्नो हक प्राप्त गर्न संघर्षमा उत्रन तयार रहेको बताएका थिए ।
आज साउन ४ गते बस्न लागेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकको कार्यसूचिमा विद्यालय शिक्षा विधेयक परेको छैन । संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचिमा मिडिया काउन्सिल विधेयक माथि सैध्दान्तिक छलफल हुने जानकारी गराउँदै समितिका सदस्यहरुलाई उपस्थिति भनेको छ ।
प्रतिक्रिया