काठमाडौं। अन्तरिम सरकारले आवागमनमा स्थानहद तोकेर पावन्दी लगाउँदै सुरक्षाकर्मीको संख्या कटौति गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको सुरक्षा सन्यन्त्र बनाएका छन्। ओलीले आज कार्यकर्ता भेलामा ‘नीति र नेतृत्वको सुरक्षा का लागी भनेर नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) नामको समूहको घोषणा गर्ने भएका छन् । यो नयाँ फोर्सको घोषणाअघि एमालेले नयाँवानेश्वरमा युवाहरूको मार्चपास पनि गरेको छ ।
जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनापछि त्यस क्षेत्रमा एमाले युवाहरुको प्रदर्शन हुँदा माईतीघर मण्डलामा रहेका जेनजी घाइतेहरूले अवरोध पुर्याउने भयले उनीहरु बबरमहलमा भेला भएर नयाँबानेश्वर गएका थिए । ओलीका घनिष्ठ सहयोगी महेश बस्नेत र युवा संघका अध्यक्ष क्षितिज थेबे नयाँ फोर्स गठनको गृहकार्यमा सक्रिय देखिएका छन् ।
बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष ओलीले फोर्सको घोषणा गर्ने छन् ।
नयाँ फोर्सको औचित्य दर्शाउँदै एमालेले समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३९२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको दावी गरेको छ ।
फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत र उद्धारमा सहयोग गर्ने उद्धेश्य राखेको पनि एमालेको भनाई छ ।
प्रतिक्रिया