जनकपुर । जेनजी आन्दोलनको दिन काठमाडौंको नक्खु कारागारबाट फरार भएका ४ जना विदेशी कैदी धनुषामा पक्राउ परेका छन् । पक्राउ पर्ने चारै जना विदेशी नागरिक हुन् ।
पक्राउ पर्नेमा नाइजेरियन नागरिकहरू ३८ वर्षीय मो लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे, ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे र ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेको धनुषा प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई धनुषासंग जोडिएका सिमा नाका भारतीय प्रहरीको समन्वयमा पक्राउ गरिएको धनुषा प्रहरीको भनाई छ । पक्राउ परेकाहरुलाई काठमाडौं नक्खु कारागारमै पठाउने तयारी भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया