संविधानवादको पक्षमा मुख खोले सभामुख र अध्यक्षले

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तरिम सरकार निर्माणका सन्दर्भमा संविधानअनुसार अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

आज शुक्रबार घिमिरे र दाहालले संयुक्त विज्ञप्ति सार्वजनिक गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक प्रक्रियाबाट निकास दिन पहल गरिरहेको उल्लेख गर्दै ‘विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौं,’ भनेका छन्।

भदौ २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा संसद भवन तारो बनेको थियो भने २४ त्यहाँ भिषणा आक्रमण पछि आगजनी भएर ठूलो क्षति पुगेको थियो। यतिबेला अन्तरिम सरकार बनाउने विषयमा छलफल भइरहेको सन्दर्भमा सभामुख र अध्यक्षको वक्तव्य सार्वजनिक भएको छ भने आन्दोलनकारी र अरु केही पक्ष संसद विघठनको माग गरिरहेका छन् । (फायल तस्बिर)

 

Parliament

प्रतिक्रिया